कहाँ छ?
अचेल कहाँ छ ? त्यो मान्छे
जो हर रात चन्द्रमा हेर्न आँगनमा निस्किरहन्थ्यो।
अचेल कहाँ छ? त्यो पैतला
जो चप्पल खोलेर गडामा माटो छुन आईरहन्थ्यो।
शायद कुनै घनघोर शहरमा हरायो कि?
शायद कुनै आन्दोलनमा मारियो कि?
कहाँ गयो त्यो मान्छे?
जो चौतरामा हजुरबुवाका किस्सा सुन्न कान थापिरहन्थ्यो।
जो प्रेम नै जगत भन्दै प्रेमिल शायरी फलाँकिरहन्थ्यो।
यो बाटोलाई थहा छ
यो माटोलाई नि थहा छ
गएको मान्छे आउँदैन थहा छ
तैपनि दोबाटोले उसलाई पर्खिन छोडेको छैन।
आज पनि भत्किसकेको भित्ताको कापबाट
फूलीरहेछ बेगमबेली।
©निरज २०२५
साच्चै नै, आखिर कहाँ छ होला त्यो मान्छे ??
ReplyDelete