कथा प्रारम्भ हुनुअघि नै
थहा थियो पात्रलाई कथाको अन्त्य।
तैपनि उ लागिरह्यो
सुन्दर अध्याय बनाउने प्रयासमा।
उसले भुल्न सकेन
भाग्यमै नलेखिएको किताबको गाता।
आज पनि पुरुष प्रयासरत छ
अक्षरहरु बटुलेर शब्दहरु थुपारेर
पानालाई हरफहरु उपहार दिन।
तर पनि रुष्ट पानाहरु भरिन सकेका छैन।
अन्त्य लेखिसक्दा पनि
पुरुषले अझै सकेको छैन
उसको मनपर्ने स्त्रीबारेको कथा।
२०८१/१०/१०
सायद उ नभेटेको भए न पात्र हुन्थे , न मुटु दुख्थ्यो , न पाना भरिन्थे, न अन्त्य खोज्नु पर्थ्यो , न त कथा नै बन्थ्यो । आखिरीमा सायद !!
ReplyDelete