पुग्छ उसको रुख, उसको वन भन्दा धेरै दुर
उसरी नै साईकलको पाङ्ग्रा जसरी
घुर्किदै घुर्किदै म पनि पराई शहर पुगेको छु।
सम्झन्छु ~ टाउकोमा निधारै चिल्लो हुने गरि
तोरीको तेल लाईदिन्थिन् आमा
आज त्यहि निधारबाट कहिलेकाहिँ
भाग्य चिप्लिरहे झै लाग्छ।
सम्झन्छु ~ बुवाको डरले खेल्न हिडेको केटो
खेल नै नसकि फर्किन्थे म
आज जिन्दगीको खेलमा कहिलेकाहिँ
हारिरहेछु कि झै लाग्छ।
कुनै आमुक अन्जान कन्क्रिटको जंगलमा
जहाँ फाईदा मिले मात्र साथी रहिरहन सकिन्छ
जहाँ काइदा मिले मात्र टिकिरहन सकिन्छ
सम्झन्छु - एक्लै भएनि ढुङ्गा जोड्नुपर्ने रहेछ
घर बनाउन पनि घर छोड्नुपर्ने रहेछ।
-निरज
Comments
Post a Comment