एक प्रेम कविता / कविता

एक प्रेम कविता ...

शायद तिम्रा कानहरु बेचैन छन त्यो बोली सुन्न

तिमीले बुनिसकेको छौ त्यो पल कल्पनामा

तिमीलाई ठ्याक्कै याद छन् शब्दहरु।

शायद तिम्रा अाँखाहरु तर्सिरहेछन् त्यो दृश्य देख्न

तिमीलाई दुरुस्तै थहा छ त्यो बेला बहने हावाको बेग

तिमीलाई ठ्याक्कै याद छन् पलकहरु कति पल्ट झप्किन्छन्।

रोकिनेछ घडी जब जुध्नेछन् अाँखाहरु

ठ्याक्कै तिम्ले कल्पे जसरी

अाकाशको सारा नीर तिम्रो हृदयमा छापिनेछ

अनि वादलले उसको अाकृति कोर्नेछ।

पर्ख,

सूर्यमुखिले घाम पर्खे जसरी

पट्टाई लाग्दो कथा बिच तिमीले भेट्नेछौ

एक गजव प्रेम कविता एकदिन। ...

Comments