चियाको बहाना नै सहि
भेट्न आउनु,
म पर्खेर बसेको छु
आँखामा पर्खाई बोकेर।
आमने सामने बसेर गरौला
चिनिदेखि सुकमेलसम्मका गफ
गिलासको पिँधसम्म नपुगुन्जेल चिया
हेरौला एक अर्कालाई अघाउन्जेल।
यो मौसमको सउल ओढेर
एक पललाई नै सहि
न्यानो महशुस गरुन हाम्रा युगल सपनाहरु।
२०८१/०९/२२
Comments
Post a Comment