प्रस्थान /कविता

प्रस्थान

•••

ग्लासको चिया नसकिदै

मुखको गाँस पेटसम्म नपुग्दै

कसैको नामको बोलावट हुन्छ।

अन्त:करणको भोक सकिसक्दा

कुर्दाकुर्दा नि गोधुली नआउँदा

कसैको नामको बोलावट हुँदैन।

यो यात्रा , हामी यात्रु हौ कि

यो कहानी, हामी पात्र हौ कि

न आगमनको साईत आफ्नो

न प्रस्थानको साईत...।

२०८०/१२/०९

Comments