भेट / Unpoetry

एक्कासी हुन्छन् धेरै कुरा।

जसरी

एक्कासी हुन सक्छ दुर्घटना

एक्कासी हुन सक्छ वियोग।

जसरी

एक्कासी हुन सक्छ भेट

एक्कासी हुन सक्छ प्राप्ती।

तर एक्कासी केही नभएको पनि त हुन सक्छ

तिम्रै पूर्वयोजना हुन सक्छ

तिम्रो मेहेनतको फल हुन सक्छ

पुनसको प्राप्ती हुन सक्छ।

अब तिम्रो मेरो भेटलाई म के भनुँ?

भाग्य वा सहसा?

वा अरु केही?

यस्तो पनि लाग्छ

यो भेट अगावै मैले तिमीलाई चिनेको हुँ।

यस्तो पनि लाग्छ

म तिम्लाई नै त पर्खिरहेको थिएँ।

Comments