TO THOSE WHO SPEAK LESS IN GROUPS / UNPOETRY

तिमी त बोल्दैनौ त?

-म सुन्छु

••••

अावाज निम्तो हुन्छ

अावाज सम्झना हुन्छ

अावाज प्रेम हुन्छ

अावाज सुन्दर हुन्छ।

अावाज शक्ति हुन्छ

अावाज क्रान्ति हुन्छ

अावाज पथ हुन्छ

अावाज पथिक हुन्छ।

अावाज भ्रम हुन्छ

अावाज गलफती हुन्छ

अावाज बहकाइ हुन्छ

अावाज हल्ला हुन्छ।

अावाज प्रशंसा हुन्छ

अावाज नै द्वेश पनि हुन्छ।

अावाज मीठो हुन्छ

अावाज नै कर्कश पनि हुन्छ।

त्यसैले

अावाज सँधै सुन्दर हुँदैन

अावाज सँधै प्रेम हुँदैन।

तर अावाज एक तत्व भने हुन्छ

अावाजबिहिनहरुको पनि एक अावाज हुन्छ

जसरी प्राण हुन्छ , सास हुन्छ

त्यसरी नै अावाज हुन्छ।

तर सबै कुरा बोल्न

अावाज दिइरहन पर्दैन।

सबैकुरा बुझ्न

अावाज दिइरहन पर्दैन।

बोल्नेहरु मात्र ठूला होइनन्

बोल्नु मात्रै विज्ञता होइन।

तिमी बोलिरहेछौ

म बोलिरहेछु

उ बोलिरहेछ

अाज सारा दुनियाँ बोलिरहेछ

तर सुन्ने मान्छे छैन।

श्रवण छैन भने वचनको के अर्थ?

त्यसैले

श्रवण प्रेम हुन्छ

श्रवण सुन्दर हुन्छ

श्रवण त्यो सबथोक हुन्छ

जुन अावाज हुन्छ।

©निरज पन्त

२०७९/०५/०१ महानगर यातायात

THE WORLD NEEDS GOOD LISTENERS

Comments