•••
तिम्लाई नदेख्दासम्म लाग्थ्यो
म यो जङ्गलमा केवल एक रुख हुँ
तिम्लाई देखेपछि
थहा भयो रुखमा फूलहरु पनि फुल्छन्।
तिम्लाई नभेट्दासम्म लाग्थ्यो
म केवल जिउँदो मात्र छु
तिम्लाई भेटेपछि
थहा भयो म बाँचिरहेछु र 'बाँच्नु' जति अानन्द अरु केही छैन।
बग्ने खोलालाई पनि सहि दिशा पाउन किनार चाहिन्छ
म कहाँ बगिरहथे मलाई थहा थिएन
म किन बगिरहेछु मलाई थहा थिएन
तर किनार भेटेपछि लाग्यो
मलाई कहीँ पुग्नु नै छैन
बस् बगिरहनु छ तिम्रै सामीप्य भएर।
अक्षरहरुलाई नि शब्द बन्न सँगालिनुपर्छ
शब्दहरुलाई पनि कविता बन्न सङगति चाहिन्छ
कवितालाई पनि प्रेम बन्न महशुस चाहिन्छ
छुन नसकिने,देख्न नसकिने,समात्न नसकिने
हुदाँ रहेछन् जगतका मनोरमाहरु।
म मोहोरा मात्र थिए
तिम्लाई देखेपछि मनोहर भए
म पहिले अाङ मात्र थिए
तिम्लाई भेटेपछि अात्मा पनि भए।
तिम्लाई दिन म सँग अरु केही त छैन
एकै बाजि विभोर मात्र छ
हुन त अप्राप्तीमै पनि तृप्त शुन्य हुँ म
तिम्रै पछाडि जोडिएर मूल्य हुन चहान्छु।
तिमी नै त मेरो द्रव्य हौ
तिम्रै उपस्थिति त मेरो जीवनको बोध छ
तिमी नै त मेरो साथी हौ
तिम्रै उपस्थितिमा त म अाफ्नैसाथ छु।
सपना,
तिम्लाई नभेट्दासम्म
म शब्द मात्र थिए।
तिम्लाई भेटेपछि
म अर्थ पनि भए।
तिम्लाई नभेट्दासम्म लाग्थ्यो
म केवल जिउँदो मात्र छु
तिम्लाई भेटेपछि
थहा भयो म बाँचिरहेछु र 'बाँच्नु' जति अानन्द अरु केही छैन।
Comments
Post a Comment