Un-necessary combination of worthless(?) words

Resurgence •••

बिचलित भै बाटोबाट

पुगेछु खै काँ कुना र काप

बोकेर मनमा पश्चयताप

कसले सुन्ने कसको विलाप।

गर्ने कुराको मेसो छैन

जिन्दगी तर्ने पुलेसो छैन

हिजो र अाज दुवैले छोडे

समयसँग मेरो परिचय छैन।

बिडिम्बना हो या अक्षमता

खोजेको भेटिन्छ भनिदेउ कता

लागौला लुखुर बरु त्यता,

यो अालस्यता हो होइन ब्यथा

अाफ्नो मेहेनत मात्रै हो निजी ज्यथा,

सबका छन् भिन्न भिन्नै कथा

अाफैले कोर्ने हो अाफ्नै गाथा।

काँचो कचिलो उमेर हो यो

जता डोर्यायो उस्तै भइन्छ

पर्खेर पेडा कहिल्यै पाइन्न

नलडि नखोसि केही पाइन्न,

यै ठाउँमा अड्किन सँधै सकिन्न

दुनियाँको झर्को अब बोकिन्न

गुनासो पालेर कहिँ पुगिन्न।

उठ जाग हिड दौड

तर नबस तर नबस्।

चोट खाउ ठेस लगाउ

तर नबस् तर नबस्।

Comments