समर्पण कि पागलपन?/कविता

 समर्पण कि पागलपन?

***


थहा छ मलाई

म बेप्रवाह दौडिरहेछु

साथ खोज्दै अाफ्नै भाग्यको सन्तापमा

म बेहिसाब पग्लीरहेछु

तिम्रो मादकताको जटिल हिसाबमा।


तिम्रो नजरको निर्दोषपना

मेरो नजरको सपना

तिम्रो अोठको लालित्य

मेरा अनउद्घाटित चाहहरु 

तिम्रो मखमली केशहरुमा

अल्झेका ताराहरुको दिव्यता

अनि मेरो विपूल प्रेमको भव्यता

यी सबको मिलन स्वप्नलोकमा 

मात्र हुने हो कि भने डर छ 

यी मेरा कविताका पङ्क्तिहरुलाई,

तैपनि मेरा मायाका ज्वारभाटाहरु कहिल्यै घट्नेछैनन् तिम्रा लागि

बस् यहि एक बुलन्द दुखद सत्य हो।


तिम्लाई हेर्दा हेर्दा कहिल्यै थाक्दैन एेना

म त्यहि एेना हुँ

तिम्रो हाँसोले कहिल्यै भरिन्न यो अाँत

म त्यहि सुख्खा धर्ती हुँ

थहा छ मलाई

म बगर बगर हिडिँरहेछु

नदीको बहाबलाई नछोइकनै

तर मलाई बिश्वास छ नदीले सुन्नेछ एकदिन

किनाराका अावाजहरु।


©निरज

From Archives 



Comments

  1. ल कडा दाजु कडा 💞💞तपाईं मौनतालाई नि बुजेर माया गर्ने भाउजु आउनुहुन्छ चिन्ता न गर्नु💞💞🌷

    ReplyDelete

Post a Comment