"आधाा"/कविता




अाधा
•••

अाधा पाप छ,अाधा पुण्य तिमीभित्र
अाधा जून छ,अाधा सूर्य तिमीभित्र 
जे जे छ तिमीसँग त्यो अाधा मात्र छ
अाधामात्र पुरा भएका सपना
अाधामात्र पुरा भएको सम्बन्ध।

अाधा मात्र बोध छ तिमीलाई संसारको
अाधा खवर पढेको छौ
अाधा परिवेश देखेको छौ
अाधा मात्र कसैलाई चिनेको छौ।

गति र चाल तिम्रो जतिसुकै तिव्र भएपनि
अाधा मात्र यात्रा तय गर्न सक्छौ
किनकि
मृत्यु पनि त अन्त्य होइन 
मध्यान्तर हो!!
©निरज
२०७७/०७/अाज



Comments

Post a Comment