सम्झना/चिठ्ठि

 अात्मिय मित्रहरु,

समाजिक दुरी सहितको नमस्कार,

सुमधुर सम्झना!,

                     ह्रदय भन्दा पर अात्मा छ।ह्रदयदेखि सम्झिनेहरुभन्दा अात्मादेखि सम्झिनेहरुको सम्झना गहिरो हो?थहा छैन।तर सम्झना त सम्झना हो।कहिले सम्झनाहरु अाफै अाउँछन त कसैलाई सम्झिन जोर गर्नुपर्छ मस्तिष्कमा।जे जोस,बस्दा बस्दा जब मलाई झ्याउ लाग्छ,म तिमीहरुलाई सम्झिन्छु।फुर्सदिलो मान्छेले धेरै सम्झना गर्छ।बिजी मान्छेले पनि फुर्सद निकालेरै सम्झना गर्ने हो।तिमी एक्लो भएको मलाई के थहा हुन्छ र तर जब म एक्लो हुन्छु तब तिमीहरुलाई सम्झिन्छु।अाफ्नालाई सम्झिने भनेकै एक्लो हुँदा,झ्याउ लाग्दा वा अापत पर्दा हो।यहि मानविय गुण हो।जब वर्तमानमा रमणियता भेटिदैन तब मान्छेले विगत सम्झिन्छ।छुटेकाहरुलाई सम्झिन्छ।नयाँ भेटेकालाई सम्झिन्छ।साँच्चै मान्छेले सबथोक सम्झिन्छ।सम्झिन नचाहेकोलाई नि सम्झिन्छ।नदेखाउला,तर मनको गहिराईभित्र कहिँ न कहिँ सबथोक लुकेको हुन्छ।तर मान्छेले चाहिएको/अावश्यकता भएको समयमा सम्झिन बिर्सिन्छ।नुन बिर्सिन्छ।गुन बिर्सिन्छ।लामो समय भेट नभए म तिमीलाई बिर्सिन्छु।मैले धेरै कुरा बिर्सिसकेको छु। तिमीहरुले मलाई नि बिर्सिन्छौ मैले छोडेर गए,जसरी बिर्सियौ तिम्रो निर्सरी क्लासको सेकेन्ड लास्ट बेन्चको बिचमा बस्ने साथीलाई।सम्झिरह्यो भने पो सम्झना गाढा हुन्छन।हुन त किन सम्झिनु यार सबैलाई?साध्य हुन्छ र!कहिले मान्छे सम्झिदा सम्झिदै पनि बिर्सिएको अभिनय गर्छ।मान्छे बहुत अभिनय गर्छ।बिर्सिने भनेको त बिधार्थीले परीक्षामा पढेको उत्तर हो।तर बिधार्थीले त्यो नि सम्झिन्छ जब उ पेपर बुझाएर बाहिर निस्किन्छ।

सम्झना बिर्सना सलललल..

झनझन बढ्यो तिर्सना सललल...


सप्रेम,

निरज



                   

Comments

Post a Comment