Enough Is Enough/कविता

'नभुल्नु'

बम्बैका सेठका ढोकामा बहादुर बलिरहेछ
अरबका शेखहरुका घरमा क्लिनर बलिरहेछ
मरुभुमिमा बग्ने पसिनाका एक एक थोपा
दहनशील छन नभुल्नु

न्याय नपाएका निर्मलाहरु बलिरहेछन
छानो नपाएका चेपाङहरु बलिरहेछन
भोका-नाङ्गाको पेटभित्रको मसाल सबैभन्दा तातो हुन्छ नभुल्नु

समानता खोज्दा मसान भएका सपनाहरु
हेर्दा हेर्दा थाकेका अाँखाभित्रका अपेक्षाहरु
सब बलिरहेछन
घाइतेहरुको हृदयभित्रको ताप सबभन्दा क्रोधक हुन्छ नभुल्नु

हे शासक!
नभुल्नु
कहिल्यै नभुल्नु
कि यी लाल ज्वालाहरु एककार भए क्षणभरमै खरानी हुनेछौ

©निरज,२०७७









 

Comments