झल्को/कविता

झल्को
••

बालुवाजस्ता सपना साँचेर छिरेको यो मृतभूमिमा
परदेशीलाई अाउँछ अामाको हातको झल्को।

गाउँ फर्किने बाटोमै अाँखा गाडेर बसेका
बृद्द बाअामालाई नि अाउँदो हो परदेशी छोरोको झल्को।

जीवनयात्राको दोबाटोमा मन मारेर बाटो रोजेको स्वप्नदर्शीलाई अाउँछ बाध्यताको मोडमा मरेको सपनाको झल्को।

सुखानुभूतिको लोभ बोकेर शहर पसेकालाई नि अाउँदो हो
उकाली अोरालीको झल्को
गडा र अालीको झल्को,
सोध्नु थियो अाउँछ कि अाउँदैन होला हलो र फालीको झल्को।

प्रेमिले वर्णन गर्न सकिरहेछैन शब्दमा
यो सिरानीलाई थाछ कति अाउँछ उनको झल्को!

झल्कोमा मात्र बाँचिरहनेहरु कति छन
पछि झल्को लगाउन मात्र अहिले साथ बसिरहेका कति छन।

कस कसको झल्को अाउँछ मन हसाउँन
कस कसको झल्को अाउँछ मनमा बादल लगाउन?

छुटेका ठाउँहरु,छोडिएका गाउँहरु
टाढा गएका केही 
त केही कतै रोकिएका पाउहरु
हर कोहि यहाँ
कसैलाई झल्को लगाउन अाउँछ,कसैको यादमा बाँच्छ
कसैको मनमा खेल्छ,कसैको अाँखामा नाच्छ
हुन त
झल्को-झल्कामै त बाँच्छन सबै मान्छेहरु॥

©निरज,२०७७












 

Comments