एक अात्मबोध/कविता



एक अात्मबोध!

केही समय भयो
धेरै लामो नि होइन
तर एक जोडि बर्षहरु भने बिते होलान,

म चोकमा उभिएर 
सपनाका चारै बाटा हेरिरहेको मुर्तिझै..

बिचारहरु पेण्डुलम भएका छन
तर भावनाहरु खासै बदलिएका छैनन्
समस्याहरु उत्रै छन
समाधानहरु सुल्झाउने जाँगर उठेको छैन..

तर यो प्रवाहित हुने उमेर हो
बग्न अल्क्षी गर्नु प्रमुख समस्या रैछ
खोलाहरु त बगिरहनु जरुरी छ..

अनि बाधा अड्चन?

खोलाको पानी ढुङ्गाले छेकेको छ र?
यी बाधाहरु बाहाना हुन
अाफैलाई भुलाउने भ्रम हुन!
अब अाफैले अाफैलाई नधकेले त
सफा हुन सकिन्न है।

©निरज
२०७७/०२/२६






©निरज
२०७७/०२/२६





Comments