"चहाना vs उपलब्धी"/कविता



"चाहना vs उपलब्धी"
----------
म नहाँसेको पनि छैन
र रोएको पनि हैन
थहा छ मैले जितेको पनि हैन
तर हारेको पनि छैन।
बस् म उचाइ बन्न चहान्थे,'उफ्राई'मात्र भएँ
बिगुल बन्न चहान्थे ,'चिच्याँइ' मात्र भएँ।
बाँसको ठुँटो खरीमा चोबेर
हजुरबुबाले कालोपाटीमा
लेखाएको ठूलो 'क'
र 'क' बाट अाउने कलमले अाजसम्म
कोरिएका जिन्दगीका कबिताहरु
अडिन नसकेर कुँजिएका छन्,
तिनमा मुस्कान,गौरब केही बाँकि छैन।
म बादलको अाँशु पुछ्न
माथि उडेको मान्छे
परेलीले उल्टै मेरो रुन्चे अाकाश-मेरा अाँखाहरु
छोप्नु परेको छ,
मेरो नाममा मैले र मेरा जन्मदेवताले
देखेका सपनाहरु
कहिल्यै नपल्टाइने किताबका पानाबिच 
चेप्नु परेको छ।
म छु नि 
म मुल्यवान सिक्का बन्न चहान्थे
सिक्का बजेको अावाज मात्र भएँ
म शान बन्न चहान्थे,रवाफ मात्र भएँ।
बन्नु दीन पगाल्ने चुल्हो थियो मलाई
तर धुवाँ फँयाक्ने चिम्नि मात्र भएँ।
बुझेँ,
कि धर्ती नै मान सबथोक
कि त अाकाश मै पुग।
©निरज
From archive:2017/09/16

Comments