"जीवन"/कविता


"जीवन"
----------------
जीवन त एकै छ एकै हो
पल हजारौ बनाउन सकिन्छन
कोहि हिँडिरहन्छन हिम्मतका पाइला चालेर
कोहि एक कदममै रोकिन्छन्।

यो पृथ्वी घुम्नुमा सबको भुमिका छ
यो हावामा सबको भाग छ
बेकाम कुरा त भगवानले शृजना गर्दै गर्दैनन्
निकम्मापन त मानविय अाविष्कार हो,
जब सम्म अाफुभित्र अाफुमाथि विश्वास रहन्छ
बाटो त कसैले छेक्नै सक्दैनन्।

कहिलेकाहिं लडिन्छ
लडिन्छ तब त अगाडि बढिन्छ,
भुइमा पछारिनेहरुले जति
अाफ्नो अौकात चिन्ने मौका कसले पाउँछ?
पछारिएर उठ्नेहरुले जति
अाफ्नाहरु चिन्ने मौका कसले पाउँछ?
प्रगति एक हौसला हो भने
दुर्गती पनि त एक पाठ हो
भनिन्छ
मिल्नेवाला छैन सतहमै हिराको खानी
सिकेर कहिल्यै खेर जान्न जवानी॥


कसैको शीघ्रता व्यापक हुन सक्छ
कसैको चाल सुस्त हुन सक्छ
कसैका कदम ठूला चल्न सक्छन्
कसैका साना हुन सक्छन्
तर हिडिरहने मान्छे पुगेरै छोड्छ
कछुवले जितेको त कथा नै छ हामीसंग,
भनिन्छ
दौड्ने गोडालाई शरिरले थिच्दैन
उड्ने चरालाई पखेटा भारि हुँदैन।

हामीसंग "जीवन" छ
मुटु चलिरहेछ,सांस छ
टेक्ने धर्ती छ,माथि अाकाश छ
यो भन्दा ठूलो कुरा के हुन सक्छ।
हामी तब सम्म हार्नु हुन्न
जब सम्म मर्दैनौ
हामी तब सम्म मर्दैनौ
जब सम्म कसैको यादमा रहिरहन्छौ।
©निरज

Comments