"याहाँ चिन्नै गाह्रो छ"/कविता


"याहाँ चिन्नै गाह्रो छ"
---------------------------

न त अाकाश सदा निलो रहन्छ
न त बादल सदा कालो
एक अाँखा भित्र हजारौ कुरा हुन सक्छन्
साँच्चै भन्नुपर्दा
हृदय हो एक व्यापक जालो।

रङहरु खुइलिएर जान सक्छन्
कहिले गढिएर पनि जान्छन्
रङ जुनसुकै बेला बदलिन सक्छ
रङ जुनसुकै बेला नचिनन पनि सक्छ
धोखा कसैबाट मात्र होइन
अाफैबाट पनि हुन सक्छ।

ईतिहास कसैले गलत ठहराइदिदा
ठिङ सिधा मुर्तिहरु ढल्न सक्छन
गिला भनेर फ्याँकिएका चिसा सिन्का
कहिलेकाहिं त बल्न सक्छन्
नजिकका,अाफ्नाहरुले संधै न्यानो दिन्छन भन्ने कहाँ छ र?
को सोझो को बाङ्गो
को चौडा को सांघुरो
को हो यहाँ दुधले धोएको
भन को हो अँगारले पोतिएको?
कालो अजिङ्गरको पनि त चम्किलो कान्ति हुन सक्छ
पहलमान ठुस्कालालको छाती भित्र पनि त शान्ति हुन सक्छ;

परिस्थितिले इमानदारिता तोडिदियो भने
पटक पटक ठोकेपछि चट्टान पनि त फुट्छ,
कहाँ सम्म छ धर्मको रेखा
पाप कहाँ बाट सुरु हुन्छ?
कतिसम्म छ माफिको घेरा
कहाँपछि असह्यता सुरु हुन्छ?

निश्छल,कञ्चन,पवित्र मात्र
खोजेर ल्याउ त्यस्तो चरित्र !
यो कलियुगमा
ठिकै ठिक मात्र हुनै सक्दैन
बेठिकै बेठिक हुन्छ भन्या पनि होइन,
शुद्ताको मात्रा बढि कम होला
शतप्रतिशत हुँदैन
अाफुलाई अाफुभन्दा राम्ररि कसलै चिन्न सक्दैन
यो न स्वर्ग हो,न नर्क हो
तर मान्न सक्छौ यो दुवै हो
यो पृथ्वी हो
हामी मान्छे हौ।
अनि यो हाम्रो जटिल मन हो॥
©निरज



Comments